
मिति २०७७ जेठ ०३ गतेको जिल्ला स्तरीय कोरोना भाईरस रोकथाम तथा नियन्त्रण समन्वय समिति, झापाको निर्णय अनुसार दमक नगरपालिका भित्र तपशिल अनुसार पसल व्यवसाय खोल्न पाइने व्यहोरा जानकारी गराइएको छ ।

बिज्ञापन



1. जोर गतेका दिन विहान ०८:०० बजे देखि दिउँसो १२:०० बजे सम्मखाद्यान्न, फलफुल तथा तरकारी पसलहरु मात्र संचालन गर्न पाइने छ ।

2. बिजोर गतेका दिन बिहान ०८:०० बजे देखि १२:०० बजे सम्म निर्माणसामाग्रीका पसल र मर्मत ग्यारेजहरु मात्र संचालन गर्न पाइने छ ।
3. कृषि भण्डार प्रत्येक दिन विहान ८:०० बजे देखि बेलुका ५:०० बजे सम्ममात्र संचालन गर्न पाइने छ ।
4. दुध तथा औषधी पसलहरु पूर्व निर्णयानुसार संचालन गर्न पाइने छ ।
5. अन्य पसल व्यवसायहरु संचालन गर्न पूर्ण रुपले रोक लगाइएको छ ।
घरभित्रै बसौ
कोरोना भाइरसबाट आफु पनि वचौअरुलाइ पनि बचाऔ ।
दमक नगरपालिका