बेनीमा आगलागी हुँदा दुई पसलमा पूर्ण क्षति

गलेश्वर : म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल पूर्णरूपमा नष्ट भएका छन् । बेनी नगरपालिका–८, न्यूरोडस्थित रघुगंगा डेरी र नयन स्टोर्समा मंगलबार बिहान आगलागी भएको हो ।

आगलागीबाट मानवीय क्षति भएको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले जानकारी दिए ।

डेरीभित्र बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।