
नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला दुई सय रुपैयाँले बढेर ८९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ८८ हजार ७५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य आज पनि घटेको छ । चाँदी आज तोलाको १० रुपैयाँले घटेर १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।