सुनसरीबाट ब्राउनसुगर सहित पाँचजना पक्राउ

सुनसरीको इनरुवाको बसपार्कबाट कारमा सवार पाँच जनालाई ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी-१४ का २० वर्षीय अमोद कुमार यादव, सप्तरी तिलाठी कोलारी-४ का २० वर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया-१४ का २४ वर्षीय विनोद कुमार कामत, सप्तरी तिलाठी कोलारी-४ का १९ वर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी-४ का २२ वर्षीय फुल कुमार मुखिया रहेका छन् ।

बिज्ञापन

हिजो बेलुका ८ बजे विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउँदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार ५ जनालाई चेकजाँच गर्दा अमोद कुमार यादवको साथबाट लागूऔषध ब्राउन सुगर १३० ग्राम फेला परेको हो ।

ब्राउनसुगर फेला परे पश्चात् थप अनुसन्धानको लागी कार सहित पाँचै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ।