लिभरपुल विजयी

प्रिमियर लिग क्लब लिभरपुलले प्रि–सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले स्पेनिस क्लब ओसासुनालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिनोले दुई गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो । ओसासुनाका किकेले एक गोल फर्काए ।