कालीलाई लाग्यो पुनः संगीत चोरेको आरोप, प्रहरीमा पर्यो उजुरी | OmkarTimes.com

काठमाडौं । गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटामाथि पुनः संगीत चोरी गरेको आरोप लागेको छ।

 

बाँस्कोटाको शब्द, संगीत तथा नेपाल आइडलका सुमित पाठकको आवाजमा रहेको गीत ‘समाचार’ को संगीत चोरी भएको भन्दै महानगरीय प्रहरी परिसरमा उजुरी परेको परिसरले जनाएको छ ।

 

बिक्की महतले आफ्नो गीत ‘बुजाइदेउन तिमी मलाई’ को संगीतसँग हुबहु मिलेको भन्दै बुधबार उजुरी गरेका हुन् । संगीतकार बाँस्कोटामाथि यसअघि पनि संगीत चोरीको आरोप लागेको थियो।

 

यसअघि आफ्नै शब्द, संगीत तथा स्वरमा रहेको गीत ‘इन्स्टाको फोटो’ को संगीत पनि एक फ्रान्सेली गीतको संगीतसँग हुबहु मिलेको आरोप बाँस्कोटामाथि लागेको थियो ।