अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशलाई अदालतले दियो फैसला

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको इजलासले शुक्रबार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सफाइ दिने फैसला गरेको छ ।

प्रतिनिधिसभा विघटन गरेको कार्य संविधानविपरीत भन्दै विज्ञप्ति निकालेका उनीहरूमाथि अधिवक्ताहरू धनजीत बस्नेत र लोचन भट्टराईले अघिल्लो वर्षको माघ १४ गते अदालतको अवहेलना मुद्दा दायर गरेका थिए।

बिज्ञापन