
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमै बुद्धका मूर्ति तोडफोड भएका छन्। लुम्बिनीको प्रवेशद्वार तिलोत्तमा नगरपालिकाको सडक डिभाइडरमा राखिएका पाँच वटा मूर्ति तोडफोड गरिएको हो।
शंकरनगर क्षेत्रका ५ वटा मूर्ति तोडफोड गरिएको हो। मूर्ति तोडफोडबारे केही खुल्न आएको छैन। प्रहरीले अनुसन्धान थालेको छ।
तिलोत्तमा नगरपालिकाका प्रवक्ताले नियोजितरुपमै बुद्धका मूर्ति ढलाइएको बताएका छन् ।
बुटवल–भैरहवा ६ लेन सडकको सौन्दर्यकरण र पर्यटन पवद्र्धनका लागि नगरपालिकाले २० लाख लागतमा मूर्ति निर्माण गरेको थियो।
बुद्धमूर्तिको तोडफोडले बौद्ध समुदाय निराश छन्। लुम्बिनी क्षेत्रमै यस्ता गतिविधि गर्नेलाई तत्काल कारबाही हुनुपर्ने उनीहरुको माग छ।