पूर्वफिफा रेफ्री खत्री रहेनन

काठमाडौँ । पूर्वफुटबल खेलाडी तथा प्रशिक्षक लव खत्रीको निधन भएको छ । ए डिभिजन लिग खेलेका तथा लामो समय फिफा रेफ्रीका रुपमा अन्तर्राष्ट्रिय खेलमा रेफ्रीको भूमिकामा काम गरेका खत्रीको सोमबार बिहान निधन भएको हो ।

५३ वर्षका उनी सोमबार बिहान मर्निङ वाकबाट फर्किएपछि ललितपुरको रानीबूँस्थित घरको आफ्नो कोठामा गएका थिए । कोठाभित्रै लडेको अवस्थामा भेटिएका उनलाई तत्कालै मेडिसिटी अस्पताल लगिएको थियो ।

बिज्ञापन

चिकित्सकले उनलाई लगत्तै मृत घोषित गरेका हुन् । खत्रीका श्रीमती र एक छोरा छन् ।