मोरङको पथरीमा बस दुर्घटना, दुईजनाको मृत्यु २६ जना घाइते | OmkarTimes.com

मोरङ । पथरीशनिश्चरे– १० मा भएको बस दुर्घटना परी दुई जनाको मृत्यु भएको छ ।

 

बिज्ञापन

मृत्यु हुनेमा बसका सहचालक मोरङ कानेपोखरी गाँउपालिका–३ का ३१ बर्षीय टिकाराम थापा र अर्का एकजना पुरुष रहेका छन् ।

 

पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस दुुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनाका घाईतेहरुमा ५ जनाको न्युरो अस्पताल विराटनगरमा, ८ जनाको मोरङ डाइनेस्टिक अस्पताल पथरीमा, ६ जनाको पथरी अस्पताल र अन्यको नोबेल अस्पताल विराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।