
एजेन्सी : मेक्सिकोमा आएको भीषण आँधीका कारण कम्तिमा पनि आठ जनाको मृत्यु भएको छ। पूर्वी मेक्सिकोमा शनिबार तीव्र गतिको हावा र ठूलो वर्षासहित भिषण आँधी आएको बीबीसीले जनाएको छ।
आँधीले भेराक्रुज राज्य सबैभन्दा बढी प्रभावित भएको छ। आँधीमा ज्यान गुमाउनेमध्ये ६ जना एकै परिवारका भएका स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
वैज्ञानिकहरुले मेक्सिकोमा गएको आँधीलाई ‘ग्रेस’ नामाकरण गरेका छन् । आँधीको कारण कतिपय ठाउँमा विद्युत् आपूर्ति ठप्प भएको छ।