आजको मौसम  भारी वर्षाको सम्भावना

काठमाडौँ : आज नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनी वायुको प्रभावका कारण आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने छ। सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले देशको केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै सुदुरपश्चिम र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै, आज राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिज्ञापन

बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ । वर्षासँगै पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेकोले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।