अभिनेत्री सुरक्षा पन्तको अभिनय ‘ग्रीन बर्ड’ मा पनि रहने

अभिनेत्री सुरक्षा पन्तको अभिनय ‘ग्रीन बर्ड’ मा पनि रहने भएको छ । छायाँकनको तयारीमा रहेको यो फिल्ममा उनी मुख्य भुमिकामा देखिन लागेकी हुन् ।

योङ स्टार सिनेमा र निर्वाण फिल्म स्कुलले संयुक्त निर्माण गर्न लागेको फिल्मको केही अगाडि घोषणा भएको हो । फिल्ममा सुरक्षाको अलवा कमलमणि नेपाल, अफरान अलीको पनि मुख्य भूमिका रहनेछ । चितवनका बिभिन्न स्थानमा छायाँकन हुने फिल्मको अहिले कार्यशाला भइरहेको छ ।

प्रमोद कँडेलको निर्देशन रहने फिल्म परिवार र विश्वकै मूल्य मान्यताविरुद्ध जीवन बिताउन खोज्ने एक युवतीको संघर्ष कथामा बन्न लागेको हो । १० सेप्टेम्बरदेखि छायाँकन सुरु हुने फिल्मको पुरै छायाँकन चितवनमा हुने निर्माण युनिटले जनाएको छ ।