झापाको दमकमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

दमक। झापाको दमक नगरपालिकाका थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दमकबाट पठाइएका २१ जना मध्ये १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको दमक नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुवेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

वहाँका अनुसार संक्रमित दमकको मानसरोबर क्वारेन्टाइनमा बस्दै आएका ४३ वर्षीय पुरुष हुन् । उनी गत ३१ गते दुबईबाट स्वदेश फर्किएका थिए । योसँगै दमकमा कोरोना भाइरस संक्रमण हुनेको संख्या ११ पुगेको छ । यद्यपी ८ जनाले कोरोना जितिसकेका पनि सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो । दमकबाट १४ पुरुष र ७ महिला गरी २१ जनाको स्वाब पीसीआर परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको थियो ।

बिज्ञापन

जसमा मानसरोबर क्वारेन्टाइनका ९ जना, होम क्वारेन्टाइनका ८ जना, अस्पतालका २ जना, पाथिभरा होटल क्वारेन्टाइनका १ जना र विज्ञान पार्कको महिला क्वारेन्टाइनका १ जना थिए । संक्रमण पुष्टि भएका पुरुषलाई उपचारका लागि गोठगाउँ स्थित कोभिड अस्पताल पठाइने तयारी भैरहेको सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो । सवाल नेपालबाट साभार