नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक सुरु, पार्टीको विधान मस्यौदा प्रस्तुत

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा सुरु भएको छ । बैठकमा संसदीय दलका नेतासमेत रहेका अध्यक्ष नेपालले पार्टीको मस्यौदा विधान प्रस्तुत गरेका छन् । बैठकमा सो मस्यौदाबारे छलफल सुरू भएको छ ।

बैठकमा सांसदहरू वेदुराम भुसाल, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, कल्याणी खड्का,  विरोध खतिवडा, किसन श्रेष्ठ, निरादेवी जैरु, कृष्णलाल महर्जन लगायतका सांसदहरू उपस्थित छन् । नेकपा एसको संसदीय दलको यो दोस्रो बैठक हो ।