
काठमाडौं। विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र हिन्दु राष्ट्र र राजतन्त्रको पुनर्स्थापनाको एजेण्डासँगै नेपाली राष्ट्रिय राजनीतिमा अबतरण गरेका छन् । उनले आज आफ्नो एक समुहसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएको घोषणा गरेसँगै मिश्रले राष्ट्रिय राजनीतिमा सुखद अबतरण समेत गरेका छन् ।
विविसी नेपाली सेवामा लामो समय काम गरेका मिश्र नेपाली राजनीतिको फोहोरी पनलाई सफा गर्न भन्दै राजनीतिक दलको नेतृत्व गर्दै नेपाली राजनीतिको मैदानमा युद्ध गर्न उत्रिएका थिए । तर उनी विवेकशीलबाट सफल भने हुन सकेनन् ।
यद्यपि युवा पुस्ताले भने उनीमाथि ठूलो भरोशा गरेको थियो । पछि उनले नेपालमा राजसंस्था र हिन्दु राष्ट्र आवस्यक भएको बताउँदै गरेका थिए । आज राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र विवेकशील साझाका पूर्व अध्यक्ष मिश्रले संवैधानिक राजतन्त्रको पुनर्स्थापना र धर्म निरपेक्षताको खारेजीमा सहमति जनाएका छन्।
काठमाण्डौमा भएको एकता घोषणा कार्यक्रममा एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै उनीहरुले यी दुई मुद्दामा सहमत रहेको बताएका छन्। विश्वासिलो र बलियो ‘सम्बर्द्धनवादी राष्ट्रवादी’ शक्तिको आवश्यक रहेकाले आफूहरु एक ठाउँ आइपुगेको उनीहरुले जनाएका छन्। पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएका थिए।
उनले मुलुकलाई सहि दिशा दिन सक्ने पार्टी बनाउन लागि पर्ने प्रतिक्रिया समेत दिएका छन् । उनले राजसंस्था र हिन्दुराष्ट्र मुलुकको पहिचान भएको बताउँदै आएका छन् ।