आज सुनको मूल्य  दुई सयले घट्यो

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य रु दुई सयले घटेको छ ।

छापावाल सुन आइतबार रु ८९ हजार एक सयमा कारोवार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार नौ सय तोकिएको छ । यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ४५० कायम गरिएको छ ।

तेजाबी सुन आइतबार रु ८८ हजार ६ सय ५०मा कारोवार भएको थियो ।  त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु १५ले घटेको छ । चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १३५ कायम गरिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला रु एक हजार १५० थियो ।