राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म जसपा सरकारमा नजाने

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म जसपा सरकारमा नजाने देखिएको छ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अध्यादेश खारेजपछि मात्र मन्त्रीको नाम पठाउने अडान लिएका छन् ।

मन्त्रिपरिषद् विस्तार सन्दर्भमा सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृतले आफ्नो पार्टीको बैठक गर्दै छन् । तर जसपाले भने अध्यादेश खारेज नभई मन्त्रीको नाम नपठाउने अडानका साथ आज बैठकसमेत राखेको छैन । यादवले आज जसपाको कुनै बैठक नरहेको बताए । केन्द्रीय समिति र संसदीय दल मध्य एकमा २० प्रतिशत भए दल फुटाउन पाउने प्रावधान कायमै राखेर सरकारमा जाँदा जसपा विभाजन हुने यादवको चिन्ता छ ।