मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौँ : नेपाल सरकारको मन्त्रिपरिषद् बैठक बुधबार बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह ४ बजे बालुवाटार बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बिज्ञापन

आजको बैठकमा प्रदेश १ र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदलबारे छलफल हुनसक्ने बताइएको छ ।

सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन ।