नेविसंघका नेताहरुलाई देउवाको दनक: लाज भन्ने कुरा छ कि छैन ?

पाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघका नेताहरुप्रति सार्वजनिक स्थानमा नै आक्रोस पोख्नु भएको छ । सभापति देउवाले नेविसंघका नेताहले गाँउ गाँउमा संगठन विस्तारमा काम नगरेको तर काठमाडौँमा विद्यार्थीलाई जम्मा पारेर भाषण मात्र गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।

नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंको शान्तिबाटिकामा आयोजित कार्यक्रमममा बोल्दै सभापति देउवाले नेविसंघको नेतृत्व प्रति आक्रोश पोख्नु भएको हो ।

बिज्ञापन

माहामारीको समयमा भाषणवाजी कार्यक्रम नराख्न अनुरोध गर्दै उहाँले भन्नुभयो, ‘सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ । लाज पनि छैन, बोल्दा ढंग पनि छैन’ । संक्रमण फैलनसक्ने अवस्थालाई मध्यनजर गर्नुपर्छ, उहाँले भन्नुभयो ‘कहिलेकाहीँ कार्यक्रम नगरे पनि हुन्छ । ठूलो गाउँमा सानो कार्यक्रम गरे हुन्छ, सबैले सार्वजनिक कार्यक्रम गर्न छाडेको बेला हामीले मात्रै गर्नुपर्ने रु बढ्ता जान्ने भइहाल्नुपर्ने रुविद्यार्थीलाई जम्मा पारेर भाषण गरिहाल्नु पर्ने रु’ उहाँले भन्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले नेविसंघका नेताहरुले पार्टीलाई मात्रै दोषारोपण गरेको र आफ्नो कर्तव्य भुल्दै गएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, यसअघिका सभापतिहरुलाई पनि स्कुलमा नेविसंघ बनाउनुस् भन्दा सुन्नुभएन, ‘काठमाडौं आएर बढ्ता भाषण गरेर केही हुनेवाला छैन, गाउँमा जाऊ गाउँमा ।’ साथै उहाँले अहिले कतै पनि नेविसंघ नरहेको र कुनै पनि स्कुलमा जित्ने हैसियत नेविसंघसँग नभएको बताउनुभएको छ । पहिला गाउँ र स्कुलमा गएर संगठन विस्तार गरेर मात्र आफूसँग कुरा गर्न आउन विद्यार्थी नेताहरुलाई निर्देशन समेत दिनुभएको छ ।