
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायीले बताएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम थियो । आज तेजावी सुनको मूल्य ८९ हजार १५० रुपैयाँ कायम भएको छ । यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।
बिज्ञापन



चाँदी तोलामा १० रुपैयाँले घट्दै प्रतितोला १ हजार १५५ रुपैयाँ कायम छ । असोज लागेसँगै विवाहको सिजन शुरु भएसँगै सुनको मूल्यमा पनि सामान्य रुपमा गिरावट आएको छ ।
