बाढीपहिरोका कारण प्रदेश एकमा २९ जनाको मृत्यु , आठजना अझै बेपत्ता

बिराटनगर।  बाढी पहिरोका कारण १ नम्बर प्रदेशमा २९ जना व्यक्तिको मृत्यु भएको छ प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

 

तथ्यांकअनुसार प्रदेशमा अझै ८ जना बेपत्ता भएका छन् भने २१ जना घाइते भएका छन्। प्रदेश सरकारले बेपत्ता व्यक्तिहरूको उद्धार र खोज कार्यलाई तदारुकताका साथ अगाडि बढाउने,  घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, विस्थापित परिवारलाई राहत र पुनर्स्थापनाको कार्यलाई सम्बन्धित सबै निकायहरूको समन्वय र सहकार्यमा प्रभावकारी ढंगबाट अगाडि बढाउने निर्णय पनि गरेको छ।