
काठमाडौं । व्यावसायीलाई बन्धक बनाई फिरौती मागेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ । बिर्तामोडमा भाडाको फ्ल्याटमा बन्धक बनाई उनीहरुले ४० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ ।
बिर्तामाेड–४ का २९ वर्षीय मेराज खान, सोही वडाका २५ वर्षीय प्रकाश दास, इलाम घर भई बिर्तामोड–२ बसने २० बस्ने २० वर्षीय ऋतु फियाक लिम्बु र भारत, दार्जिलिङका सञ्जु क्षेत्री भनिने सुजन शंकर पक्राउ परेका हुन् ।
चारै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले मंगलबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । उनीहरुलाई साउन ५ गते चारआलीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिसएसपी महेन्द्रकुमार श्रेष्ठले बताएको समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ ।