कोशी अस्पतालको आइसोलेशनमा एक महिलाको मृत्यु

सुनसरीः विराटनगरको कोसी अस्पतालको आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु भएको छ ।

 

बिज्ञापन

श्वास प्रश्वासमा समस्या आएपछि आइसोलेसनमा भर्ना भएकी सुनसरी इनरुवा नगरपालिका-३ कि ४० वर्षीया महिलाको शुक्रबार मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.चुमनलाल दासले जानकारी दिएका छन् । उनी हिजो मात्र उक्त अस्पतालमा भर्ना भएकी थिइन् ।