
साहस ऊर्जाको आइपीओ आज बाँडफाँट हुँदै छ। बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आइतबार बिहान ९ बजे क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गरिनेछ।
यस आइपीओमा ३ करोड ४३ लाखभन्दा बढी कित्ताका लागि आवेदन परेको थियो। २४ लाख ६२ हजारभन्दा बढी आवेदकबाट उक्त आवेदन परेको हो। यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ५ दशमलव ६२ गुणा धेरै हो।
साहस ऊर्जाले असोज ६ गतेदेखि सर्वसाधारणका लागि ६४ लाख ४० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो। यसमा गोलाप्रथामार्फत ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।