
काठमाडौँ : सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मंगलबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।



यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा सामान्य वर्षाको सम्भावना रहेको छ । वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
