
काठमाडौं/पछिल्लो २४ घण्टामा उपत्यकामा ६ सय ४५ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।

आज उपत्यकाको काठमाडौंमा पाँच सय तीन, भक्तपुरमा ५१ र ललितपुरमा ९१ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
बिज्ञापन



देशभर आज एक हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१२ हजार २ सय ६२ को पीसीआर गर्दा आज देशभर एक हजार ३ सय १३ संक्रमित थपिएका हुन् । योसँगै संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।
त्यस्तै, आज एक हजार चार सय ५५ संक्रमित निको भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको
अहिले देशभर १८ हजार दुई सय ८९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।