मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ खुल्यो

काठमाडौँ : मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुल्ला गरेको छ। कम्पनीले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २५ गतेसम्म आवेदन दिन सकिने छ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा भने कात्तिक ३ गतेसम्म खुला रहनेछ ।सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।