
काठमाडौँ : देशभर आज (बिहीबार) आंशिकदेखि सामान्य बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार थोरै स्थानहरूमा मेघ गर्जन- चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साँझ देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बिज्ञापन



शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ-सहित हल्का वर्षाको सम्भावना रहेको छ ।