
एजेन्सी । हाइटीको राजधानीबाट १७ जना अमेरिकी क्रिस्चियन मिसनरीहरू अपहरणमा परेका छन्। न्युयोर्क टाइम्सले पोर्ट–एउ–प्रिन्सका सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै उनीहरू शनिबार एक बसबाट अपहरणमा परेको जनाएको छ ।

एएफपी समाचार एजेन्सीले पनि सुरक्षा स्रोतको हवाला दिँदै उनीहरूलाई सशस्त्र समूहले अपहरण गरेको जानकारी दिएको छ । अमेरिकी सरकारका प्रवक्ताले अपहरणको समाचारबारे आफूहरू जानकार रहेको र विदेशमा रहेका अमेरिकी नागरिकहरूको सुरक्षा आफूहरूको प्रमुख प्राथमिकता रहेको प्रतिक्रिया दिएका छन् ।
बिज्ञापन



