एमालेको मुख्य प्रतिस्पर्धी कांग्रेस हो : अध्यक्ष ओली

काठमाडौं– आगामि निर्वाचनमा नेपका एमालेका मुख्य प्रतिस्पर्धी नेपालि कांग्रेस भएको पुर्वप्रधानमन्त्री केपि ओलीले बताएका छन् ।

नेकपा एमाले बागमती प्रदेशद्धारा आयोजित कार्यक्रममा बोल्दै ओलीले एमालेको बैचारीक लडाई कांग्रेससंग मात्रै भएको भन्दै अन्य ‘च्यांखे’ हरुसंग मतलब नभएको बताएका हुन् ।

नेकपा एकिृत समाजवादीतर्फ ईंगित गर्दै उनले च्यांखेहरुसंग आफुहरुको कुनैपनि लडाई नभएको बताए ।

एमालेका अध्यक्ष समेत रहेका ओलीले पार्टि दर्ता गर्दैमा जनताले आफ्नो मतमा दर्ता नगर्ने भन्दै चुनावमा एमाले सरकारले गरेका बिकाश लगातका जनमुखि कामहरुको प्रचारप्रसार गर्न कार्यकर्ताहरुसंग आग्रह गरे ।

उनले आउंदो चुनावमा स्थानिय, प्रदेशदेखि केन्द्रसम्मका कार्यकर्ताहरु जोडतोडकासांथ लाग्नुपर्ने बताए। संगठनलाई प्रभावकारी गर्न प्रशिक्षण लगायतको क्रियाकलाप पार्टीले सञ्चालन गर्ने बताए ।