माल्दिभ्सबाट आज एक लाख डोज एस्ट्राजेनेका खोप आइपुग्दै

काठमाडौँ : माल्दिभ्सबाट आज एक लाख डोज कोरोना विरुद्धको खोप आइपुग्ने भएको छ । माल्दिभ्स सरकारले उपहारस्वरुप उपलव्ध गराएको कोरोना विरुद्धको एक लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आज दिउँसो नेपाल आइपुग्ने भएको हो ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कतार एयरको नियमित उडान मार्फत दिउँसो १ बजे उक्त खोप नेपाल आइपुग्ने छ ।