
काठमाडौँ : देशभर न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कताअपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । केहीदिन यता राजधानी काठमाडौंसहित देशभर चिसो बढेको छ । तराईका जिल्लाहरूमा बिहानीपख हुस्सु तथा कुहिरो लागिरहेको छ ।आज देशका केही स्थानमा आंशिक बदली महाशाखाले जनाएको छ।
दिउँसो प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ। अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ।
आज राति प्रदेश १, गण्डकी सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ।त्यस्तै, अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।त्यसैगरी, गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।