
रुसको सुदूरपूर्वी क्षेत्र काम्चात्काबाट २९ यात्रुसहित उडेको विमान सम्पर्कविच्छेद हुँदा विमानमा सवार सबै यात्रुको अवस्था अज्ञात छ ।

विमानमा ६ जना चालक दलका सदस्य सहित २३ यात्रु सवार विमान सम्पर्कविहीन बनेकाे हाे ।
बिज्ञापन



विमान कामचात्काको मुख्य सहर पेत्रोपाभ्लोस्कबाट मंगलबार पालाना सहरका लागि उडेको थियो ।

विमानको खोजी र उद्वारको लागि सरकारी सुरक्षाकर्मीको टोली खटाइएको बताइएको छ ।
कुनै बेला विमान दुर्घटनाका लागि चिनिने रुसले पछिल्लो समय हवाइ यातायात सुरक्षामा सुधार ल्याएको छ ।
२०१९ को मे महिनामा रुसमा विमान दुर्घटना हुँदा ४१ जनाको ज्यान गएको थियो ।
यस्तै २०१८ को फेब्रुअरीमा मस्को नजिकै भएको दुर्घटनामा ७१ यात्रुको मृत्यु भएको थियो ।