
मसाल जुलुसबाट फर्कंदै गरेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही इन्चार्ज डाचाराज वाग्ले बाटोमै मृत अवस्थामा भेटिएका छन् । बुधबार साँझ बरहथवामा मसाल जुलुस निकालेपछि उनी मोटरसाइकलमा राजमार्गतर्फ आउँदै थिए । उनलाई हरिपुर नगरपालिका–१ हजारबिगहाका वाग्ले मुर्तियाको जंगलमा लडिरहेको अवस्थामा भेटिएको थियो । वाग्लेको दुर्घटनामा मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । टरसाइकलबाट केही पर लडिरहेका वाग्लेलाई बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ ।

नेता वाग्लेको रहस्यमय निधनको खबरले स्तब्ध र मर्माहत बनाएको भन्दै एउटा होनाहार क्रान्तिकारी नेता एवं योध्दाको निधनबाट पार्टी र आन्दोलनमा ठुलो क्षति भएको प्रवक्ता नाराणकाजी श्रेष्ठले भनेका छन् । सामाजिक सञ्जालमार्फत उनले मृतकप्रति श्रध्दाञ्जली अर्पण गर्दै परिवारलाई समवेदना प्रकट पनि गरेका छन् । बुधबार दिउँसो बरहथवामा पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकमा सहभागी भएका वाग्लेले साँझ मसाल जुलुसको नेतृत्व गरेका थिए ।



