
आज मिति २०७८ साल मंसिर ९ गते, बिहीबार । महिला हिसा अन्त्य दिवस इश्वी सन् २०२१ नोभेम्बर २५ । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथि षष्ठी, २४:१० बजे उप्रान्त सप्तमी ।

मेष : स्वास्थ्यको कारणले महत्वपूर्ण भेटरघाट रोकिनेछ भने प्रेमिकाद्वारा धोका पाइनेछ । मध्यान्ह देखि पारिवारिक सहयोग प्राप्त हुनेछ।



वृष : नसोचेको धन तथा मान प्राप्त हुनेछ । साथी भाइको सहयोगले गर्दा अकल्पनीय कार्य बन्नेछन् । प्रेमको नाता विवाहामा परिणत हुनेछ ।

मिथुन : कार्यवाधा हुनाले मनमा अशान्ति तथा स्वास्थ्यमा नै समस्या आउने देखिन्छ । महामृत्युञ्जय मन्त्र तथा भजनकीर्तन श्रवण गर्नु विहानै देखि अध्यनमा भने सफलता मिल्नेछ ।
कर्कट : मित्रसहयोग प्राप्त भएतापनि प्रेमिकाद्वारा धोका पाईनेछ । आफ्नो भन्दापनि अरुको काममा व्यस्त भईनेछ । राजनैतिक सफलता मिल्नेछ ।
सिंह : आर्थिक वृद्धि तथा नयाँनयाँ योजनाहरु अगाडी बढ्नेछन् । राज्य तथा समाजका उच्च पदस्थ व्यतिद्वारा सम्मान तथा प्रशंसा पाइनेछ । रोकिएको प्रेम सम्बध अगाडी बढनेछ।
कन्या : सामान्य कुराले ठूलो विवाद ल्याउनेछ । साथिहरुले भुटो आरोप लगाउले छन् । प्रेमिकाद्वारा सन्ध्याकाल देखि मनको सहयोग गर्नाले केहि जिउने साहस बढ्नेछ ।
तुला : आर्थिक अभावका कारण पारिवारिक समस्या बढ्नेछ । सन्तान प्राप्ति तथा सुखको कारक ग्रह राम्रो छ । राजनैतिक असफलता हुनेछ ।
वृश्चिक : सामाजिक तथा आर्थिक क्षेत्रमा नसोचेको उपलब्धि प्राप्ति हुनेछ । बच्चाकको प्रेमिका संग भेटघाट तथा कुराकानी हुनाले उत्साह थपिनेछ । अध्यनको लागि यात्रा गरिनेछ ।
धनु : नसोचेको आर्थिक क्षति हुनेछ । सामाजिक मान प्रतिष्ठामा आच आउने हुदाँ कम बोल्नु तथा घरदेखि बाहिर कम जानु होला । सध्याकाल देखि भने दाजुभाइको सहयोग मिल्नाले केहि सहज हुनेछ ।
मकर : वैदेशिक कार्यक्रममा सफलता मिल्नेछ । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ । मनमा अनेकौ योजनाहरु आउनेछ । केहि महत्वपूर्ण निर्णय लिइनेछ ।
कुम्भ : सामाजिक कार्यमा व्यस्त हुनाले घरपरिवारमा किचलो बढ्नेछ । पारिवारिय जिम्मेवारी वहन गर्नहोला मध्यान्ह देखि भोजभतेर तथा प्रेमिका संग घुमघामा समय बित्नेछ ।
मीन : मनमा प्रेमका तरङ्गद्वारा प्रेम प्रस्ताव राखिनेछ । समयले साथ दिनाले दिन पूर्णरूपमा उमङ्गसहित बित्नेछ । राजनैतिक क्षेत्रमा निकैराम्रो उपलब्धि प्राप्त हुनेछ । वैदेशिक तथा लामो मात्रामा निस्किनेछ ।