सुनको भाउले बनायो नयाँ कीर्तिमान

काठमाण्डौ । सुनको भाउ आइतबार अहिलेसम्मकै महँगो तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

गएको शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको सुनको भाउले आइतबार नयाँ कीर्तिमान बनाएको हो । सुन तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको हो ।

 

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ताको आकर्षण बढेपछि भाउ महँगो भएको महासंघले जनाएको छ । ।