
काठमाडौं– कोरोनाभाइरसको संक्रमणको जोखिम कम गर्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अर्को आदेश नभएसम्मका लागि भौतिक उपस्थितीमा हुने पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

निर्णयपछि सोमबारदेखि सबै पूर्वनिर्धारित परीक्षा स्थगित हुने सीसीएमसीले जनाएको छ ।
बिज्ञापन



आइतबार बसेको सीसीएमसी बैठकको निर्णयले भौतिक उपस्थिती नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन जारी राख्ने निर्णय समेत गरेको छ ।
