
आज मिति २०७८ साल मंसिर २० गते, सोमबार । इश्वी सन २०२१ डिसेम्बर, ०६ । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथिः द्वतीय ९ः०९ बजे उप्रान्त तृतीया । नक्षत्रः मूल ८ः३७ बजे उप्रान्त पूर्वाषाढा । योगः गण्ड, २३ः५६ बजे उप्रान्त वृद्धी । करणः कौलव ९ः०९ बजेदेखि तैतिल, २०ः२०१ बजे उप्रान्त वव ।

मेष : आफन्तको सहयोगले कार्यवाधा टरेर जानेछन् । प्रेमिकाको सहयोग मिल्नेछ । विद्यार्थी वर्गको लागि सफल दिन रहने छ ।



वृष : आर्थिक अभाव बढेर जानेछ । प्रेमप्रस्ताव अगाडी बढ्नेछ । विद्यार्थी वर्गको लागि उत्तम समय छ । स्वास्थामा ध्यान दिनुहोला ।

मिथुन : भाग्योदय समयरहेको छ । कुल देवताको सेवा गर्नु तथा भोका दरिद्रतालाई भोजनको भवस्था मिलाइ दिनुहोला ।
कर्कट : अध्ययन अध्यापनमा समय मिल्नेछ । आर्थिक उपलब्धि हुनेछ । मनमा शान्ति छाउने छ । पारिवारिक जीवन सन्तोष रहनेछ ।
सिंह : उत्साह उमङ्ग थपेर जाने छ । काम गर्ने वातावरण मिल्ने छ । प्रेमिकासंगको सम्बन्ध विग्रने छ । बोल्दा विचार गरेकेर मात्र कार्य गर्नुहोला ।
कन्या : प्रेमिप्रमिका विच नयाँ सम्बन्ध स्थापित हुनेछ । कार्य गर्ने रुचि बढेर जानेछ । आफन्तको सहयोगले रोकिएका कार्यहरू बन्ने छन् ।
तुला : आर्थिक कारोवार गर्दा निकै ध्यान दिनु होला । प्रेमसबन्ध अगाडी बड्ने छ । मित्रजनको सहयोग मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ ।
वृश्चिक : मनका अनेक कुराहरू खेल्नेछन् । कुलदेवता तथा इष्टदेवको पुकार गर्नुहोला मध्यान्हदेखि स्वास्थ्यले धोका दिने छ ।
धनु : प्रेमप्रस्ताव अगाडी बढ्नेछ । आफन्तको सहयोग मिल्ने छ । रोकिएका कार्यहरू बन्नेछन् । अध्ययन अगाडी बढ्ने छ ।
मकर : लामो दूरीको यात्रा गर्नुपर्ने देखिन्छ । मित्रजनदेखि आर्थिक उन्नतिको मार्ग देखाइदिन्छन् । प्रेमप्रेमिकाको सम्बध अगाडी बढ्ने छ ।
कुम्भ : नसोचेको कार्य बन्नाले मनमा उत्साह उमङ्ग थपिनेछ । अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक सम्बन्धमा प्रगाढ बन्ने छ । मध्यान्हदेखि पेटसम्बन्धी समस्या आउने छ ।
मीन : शत्रु वृद्धि हुनेछन् । नसोचेको उन्नती हुनेछ । प्रेम जोडी भेटिनेछ । स्वास्थ्यले पूर्ण साथ दिनेछ । आर्थिक समृद्धि हुनेछ । सन्ध्याकालदेखि टाउको सम्बन्धी समस्या आउन सक्नेछ ।