माैसम : बदलीसँगै वर्षाको सम्भावना

काठमाडौं : आज देशका अधिकांश स्थानमा आशिंक बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ का भू–भागमा आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले पुर्वानुमान गरेको छ।

यसबाहेक अन्य सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्।

बिज्ञापन

प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

आज राति प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान मौसमविद्ले गरेका छन् । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

महाशाखाले जनाएअनुसार प्रदेश १ र २ का केही भूभागमा राति हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।