कोइरालाको प्यानलबाट थापा र शर्मा महामन्त्रीका उम्मदेवार, पौडेलको साथ

काठमाडौं — शेखर कोइरालाको प्यानलबाट युवा नेताद्धय गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीका उम्मदेवार बन्ने भएका छन् ।

सभापति शेरबहादुर देउवाले महामन्त्रीमा कृष्णप्रसाद सिटौला पक्षका नेता प्रदीप पौडेललाई अघि सारेपछि शर्मा कोइरालाको प्यानलमा आएका हुन् ।

यसअघि शर्मा सभापति देउवाको प्यानलबाट उम्मेदवार बन्ने चर्चा थियो ।

थापा भने संस्थापन इतर पक्षबाट उम्मेदवारी दिने बताउँदै आएका थिए ।

थापा र शर्मालाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको साथ छ ।