सभापतिमा नउठ्ने निर्णयपछि पौडेलको विज्ञप्ति – कांग्रेसमा विचलन आयो, राष्ट्रिय राजनीतिमा भूमिका खेल्छु

काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा विचलन आइरहेको बताएका छन् ।

पार्टी सभापतिमा नलड्ने निर्णयपछि शनिबार विज्ञप्ति जारी गर्दै उनले राष्ट्रिय राजनीतिमा भने आफ्नो भूमिका रहेको उल्लेख गरेका छन् ।

बिज्ञापन

उनले संसदीय विचलनबाट हात लागेको सत्तामा पार्टी रमाइरहेको आरोप लगाएका छन् ।

उनले विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउन आग्रह गरेका छन् ।