
अमेरिकाको केन्टकी राज्यमा आएको आँधीका कारण ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यद्यपि खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।
केन्टकीमा आपतकालीन स्थिति घोषणा गरिएको छ । भौतिक संरचनाहरु तहसनहस भएका छन् भने विद्युत र सञ्चार सम्पर्क पनि विच्छेद भएको छ ।
यो आँधीलाई अमेरिकाको इतिहासकै ठूलो आँधी भनिएको छ । आँधीबाट मेफिल्ड शहर नराम्रोसँग प्रभावित भएको छ । सो शहरमा अवस्थित एक मैनबत्ती कारखानामामात्रै १२ जना मजदुरको मृत्यु भएको बताइएको छ ।
उद्धारकर्मीहरुले कारखानाबाट १४० भन्दा बढी व्यक्तिहरुलाई सुरक्षित रुपमा बाहिर निकालेका छन् । केन्टकीका गर्भनर एण्डी बेशियरले अब कुनै भग्नावशेषबाट कसैलाई सुरक्षित रुपमा निकाल्न सकिएमा त्यो चमत्कार हुने बताएका छन् ।