नेपालका ३५ हजार व्यक्ति बेचिए, १५ लाख नेपाली जोखिममा

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा करिब ३५ हजार व्यक्ति बेचबिखनमा परेको र १५ लाख जोखिममा परेको प्रतिवेदन सार्वजनिक गरेको छ।

 

आन्तरिक तथा सीमापार मानव बेचबिखन दुवै उत्तिकै रहेको आयोगको भनाइ छ।

 

‘मानव बेचबिखन एक अपराध मात्र नभई यो मानवअधिकार मर्यादा तथा मानसिको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको गम्भीर उल्लंघन हो,’ बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्दै सोमबार आयोग अध्यक्ष अनुपराज शर्माले भने, ‘मानव बेचबिखन विश्वव्यापी साझा समस्या हो। यसलाई निर्मूल पार्न सबैको प्रयास हुनुपर्छ।’

 

प्रतिवेदनअनुसार वयस्क मनोरञ्जन क्षेत्रमा ७ हजार ८ सय, वैदेशिक रोजगारीमा १२ हजार, निकृष्ट बालश्रममा १२ हजार र हराएका फेला नपरेको ३ हजार २ सय गरी ३५ हजार व्यक्ति बेचबिखनमा परेका हुन्। जसमा महिला १५ हजार ५ हजार बालबालिका छन्। यो खबर आजको कान्तिपुरमा होम कार्कीले लेखेका छन्।

 

नेपालमा १५ लाख व्यक्ति बेचबिखनमा जोखिममा परेको प्रतिवेदनमा उल्लेख छ।