
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सरकारले दिने सुविधा नलिने स्पष्ट पारेका छन् ।
उनका स्वकीय सचिव विक्रम न्यौपानेले दिएको जानकारीअनुसार पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै पनि सुविधा लिने एकरत्ति पनि इच्छा नभएको जानकारी गराएका छन् ।
“उहाँले त्यस्तो सुविधा लिनुहुने छैन,” उनले भने, “नवगठित सरकारले जनताको सुविधामा ध्यान देओस् भन्ने एकमात्रै चाहना गुरुङज्यूको रहेको छ ।”