दमकमा बीभत्स हत्या गरिएका पराजुलीको हत्यारा  सार्वजनिक

दमक/ गत बुधबार हत्या गरिएका झापाको दमक २ बस्ने प्रकाश पराजुलीको हत्यारालाई प्रहरीले आज सार्वजनिक गरेको छ । दमक १ बस्ने २० वर्षको अर्जुन लिम्बूलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

युवतीको कारणले रिसइबी भई हत्या गरिएको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । दमकको ब्यस्त स्थान घिमिरे मार्केटमा बुधबार साझ ७ बजे पराजुलीलाई धारिलो हतियार प्रहार गरि बीभत्स गरिएको थियो ।