
मोरङ — प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री राईले आइतबार मन्त्रिपरिषद विस्तार गर्दै ८ जना मन्त्री थपेका छन् । योसँगै प्रदेशमा मन्त्रालय संख्या १३ पुगेको छ ।



नेकपा (एकिकृत समाजवादी)बाट सामाजिक विकासमन्त्रीमा राजन राई, पर्यटन तथा संस्कृतिमन्त्रीमा खिनु लङ्वा लिम्बु र सूचना, यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा उपेन्द्र घिमिरे नियुक्त भएका हुन् ।

कांग्रेसबाट वन, वातावरण तथा भूसंरक्षणमन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा ओमप्रकाश सरावगी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा प्रकाशप्रताप हाङ्गाम नियुक्त भएका छन् ।
त्यस्तै, माओवादी केन्द्रबाट खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा रामकुमार राई, कृषिमन्त्रीमा झलकबहादुर मगर नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्रीले केहीबेरमा शपथ लिँदैछन् ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी ५ दलीय गठबन्धनको सरकारले ७ बाट मन्त्रालयको संख्या १३ पुुर्याभएको भन्दै विरोध भइरहेको छ ।
प्रदेश १ मा यसअघि जनता समाजवादी पार्टीबाट स्वास्थ्यमन्त्री जयराम यादव, कांग्रेसबाट पूर्वाधार तथा सहरी विकास मन्त्रीमा हिमाल कार्की सडक, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केदार कार्की, माओवादीबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा ईन्द्र आङ्बो र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सामाजिक विकास राज्य मन्त्रीमा विष्णु तुम्बाहाम्फे नियुक्त भएका थिए ।