प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ। यही फागुन ६ गते दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारू आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

बिज्ञापन

एमालेका सांसदहरूको अवरोध जारी रहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट मन्त्री बडुले आयोगको आर्थिक वर्ष २०७७/०७८ प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

यस्तै  आजकाे बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा. दमन सिह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।

शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए ।