
काठमाडौं: नेपाली कांग्रेसको संशोधित विधानमा रहेको एउटा प्रावधानले नेपाली कांग्रेसको सभापतिमा उम्मेदवार बनेका शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बन्ने भएका छन् ।
कांग्रेसको विधानको धारा ६५ मा भनिएको छ ।
‘पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ ।’
कोइराला सभापति पदको निर्वाचनमा दोस्रो भएका थिए।