कांग्रेस र एमालेको कोर एरियामा पनि मतारन्त बढाउँदै बालेन, हेर्नुस् पछिल्लो अपडेट

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।कांग्रेस र एमालेको कोर एरियामा पनि उनले मतारन्त बढाउँदै लगेका छन्। एमालेका केशव स्थापित दोस्रो र कांग्रेसकी सिर्जना सिंह तेस्रो नम्बरमा छन्।

काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये ८ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १, २, ३, ४, ५, २८, ३०, र ३२ वडाको मतगणना सकिदाँ मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता फराकिलो पारेका छन्।काठमाडौं महानगरपालिकाको १,२, ३, ४, ५ वडामा नेकपा एमालेका वडाध्यक्षले जित हात पारेका छन्। यद्यपी यी वडामा मेयर पदमा एमालेका उम्मेदवार स्वतन्त्र उम्मेदवारभन्दा निकै छन्।

बिज्ञापन

यस्तै २८ र ३० वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जित्दा पनि यी वडाबाट मेयरमा कांग्रेस उम्मेदवारले अन्य उम्मेदवारको तुलनामा थोरै मात्र मत पाए।

पछिल्लो मत परिणाम 
बालेन शाह – २८८८२
केशव स्थापित – १५३१२
सिर्जना सिंह – १४७९८